+44(0) 1234 567 890 info@domainname.com

Ads

Wednesday, May 25, 2016

सुटिङ् स्थलबाटै नायिका संचिता लुुईंटेललाई प्रहरीले समात्यो

5:44 AM

Share it Please




मिडिया एनपी, काठमाडौं, १२ जेठ । सुन्दरी नायिका संचिता लुुईंटेललाई झापाबाट प्रहरीले पक्राउ गरेको छ । चलचित्र ‘राधा’को सुटिङमा व्यस्त यि नायिकालाई यहि फिल्मको एक दृष्यका लागि प्रहरीले पक्राउ गरेको हो । प्रहरीले हत्कडी लगाएर लैजादैं गरेको फोटो पठाउँदै संचिताले किन प्रहरीले समातेको हो त्यो भने खुलाउन चाहिनन् । उनले फिल्मको कथा अहिले नै नभन्ने बताएकी छिन् ।केहि समयको अन्तरालपछि फिल्मको मुख्य भूमिकामा रहेर सुटिङका लागि झापा पुुगेकी संचिता आफ्ना फ्यानहरु देखेर निक्कै उत्साहित भएकी छिन् । सन्तान हुर्कान लागेर केहि वर्ष फिल्म क्षेत्र छाडेकी संचिताले छोराछोरी मात्रै भनेर बसेको भए आफूलाई सिनेमामा हेर्न चाहने दर्शकलाई अन्याय हुने राम्रैसँग बुुझेकी छिन् । योगेश घिमिरेको एक्सन कटमा इलामको श्री अन्तु डाँडामा ‘राधा’का गीत सुटिङ सकेर बाँकी सुटिङ्का लागी उनी अहिले झापामा छन् ।यहि फिल्म मार्फत संचिता नायक जीवन लुुईंटेलको जोडीका रुपमा देखा पर्दै छिन् । फिल्ममा संगै काम गर्न मन भएर पनि संचिताले जीवनसँग स्क्रिन शेयर गर्न पाएकी थिइनन् । जीवनसँग मुख्य भूमिकामा रहरे अभिनय गर्न पाउँदा उनी निक्कै खुुशी छन् । संचिताकै आग्रहमा यो फिल्ममा नायक जीवनले छमछमी नाचेको उनका दर्शकले हेर्न पाउने भएका छन् । सफल चलचित्र ‘छोडी गए पाप लाग्ला’ पछि आफूले अर्को सफल चलचित्रमा अभिनय गर्न लागेको बताएकी संचिताले ‘राधा’को कथालाई दर्शकले मन पराउने बताएकी छिन् । 

0 comments:

Post a Comment

Ads